नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक गरेको छ । बोर्डले थप ३ वटा नयाँ कम्पनी थपेर योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गरेको हो ।
बोर्डले नेपाल लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र एनएमवि सरल बचत फण्डलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिएको हो ।
योसँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने योग्य संस्थाको संख्या १०९ वटा पुगेको छ ।
अनुमति पाएसँगै अब यी कम्पनीहरुले बुक बिल्डिङ विधिबाट निष्कासन हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्कासनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन र संस्थागत लगानीकर्ताका रूपमा सेयर किनबेच गर्न पाउनेछन् ।
प्रतिक्रिया