काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार)शेयर बजारमा हरियाली छाएको छ ।
गत साताको अन्तिम कारोबारको दिन अर्थात शुक्रबार ८.८७ अंकले घटेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज ५७.६१ अंकले बढेर २०८६.३८ को बिन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक ङादी ग्रुप पावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन २२ करोड २८ लाख ६९ हजार ८८९ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ८ करोड ८१ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ९७ लाख, एनआइसी एशिया बैंकको ६ करोड ८९ लाख र नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया