काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेञ्च (नेप्से)मा तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएको सवा दुई घण्टाको अवधीमा तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
आज सो अवधीसम्म अप्पर तामाकोशी,सान्जेन जलविद्युत र सिवाईसी नेपाल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । अप्पर तामाकोशीको शेयरमूल्य रु.४८५.१०,सान्जेन जलविद्युतको रु.२७५ र सिवाईसी नेपाल लघुवित्तको शेयरमूल्य रु.१ हजार २७६ पुगेको छ ।
प्रतिक्रिया