काठमाडौं- अमेरिकी डलरको भाउ निरन्तर बढ्दै आएको छ । बढ्दो क्रममा रहेको डलरको भाउले आइतबार पनि बढेर नयाँ रकर्ड कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आइबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ७८ पैसा पुगेको छ । यो हालसम्मकै उच्च दर हो । नेपालीले १ डलर साट्नको लागि १२६ रुपैयाँ १८ पैसा खर्च गर्नुपर्छ ।
शुक्रबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ६६ पैसा थियो ।
प्रतिक्रिया