काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसल्टी क्लिनिक प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसल्टी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका छन्।
यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई काठमाण्डौको महाराजगन्जस्थित ग्यालेक्सी स्पेसल्टी क्लिनिकमा प्राप्त हुने सेवाहरु जस्तैः एक्सरे, यूएसजी, ईसीजी, इकोलगायतका सेवामा १० प्रतिशतसम्म र ओपीडी सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुनेछ। यसले आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकले आवश्यकताअनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ।
सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेसल्टी क्लिनिकसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए।
प्रतिक्रिया