नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार प्रणाली (टीएमएस) मा रहेको अल अर नन (एओएन) फिचर आज आइतवारदेखि हट्ने भएको छ ।
नेप्सेको कारोबार प्रणालीबाट एओएन फिचर खरिद र विक्री दुबैतर्फ हटाइएको हो । खरिदतर्फ भने यो फिचर यस अघिनै हटाइएको थियो । पछिल्लो समय १९ बुँदे मागसहित आन्दोलनरत् लगानीकर्ताको मागका सम्बन्धमा आवश्यक कार्य गर्न कार्यान्वयन समिति गठन गरिएको थियो ।
उक्त समितिको असार १२ गते आइतवार बसेको पहिलो बैठकले एओएन फिचर खरिद र विक्री दुबै तर्फबाट हटाउने निर्णय गरेको थियो । नेपाल धितोपत्र बोर्डसमेत सम्मिलित उक्त समितिले गरेको निर्णय कार्यान्वयनका लागि बोर्डले नेप्सेलाई पत्राचार गरेसँगै एओएन फिचर हटाउन लागिएको हो ।
प्रतिक्रिया