एक्सेल डेभलपमेन्ट बैंकले ९ गते सिद्धार्थ लाभांश पारित गर्ने, बुकक्लोज कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न साउन ९ गते सिद्धार्थ होटल, बिर्तामोडमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको हो । 

सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश विरतण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रदेशस्तरिय बैंक बनाउन कार्यक्षेत्र विस्तार गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असार २८ गतेदेखि साउन ९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार असार २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया