५ कम्पनीको सेयर नेप्सेमा सूचिकृत कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ५ कम्पनीको सेयर सूचिकृत भएको छ । जसमा एभरेष्ट इन्स्योरेनस, समीट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ञ्चुरी कमर्सियल बैंक र जीबन विकास लघुवित्तको सेयर सूचिकृत भएको हो । 

१. एभरेष्ट इन्स्योरेनस
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा एभरेष्ट इन्स्योरेनसको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ६ प्रतिशत दरका ७ लाख १० हजार १६२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

२. समीट लघुवित्त 
नेप्सेमा समीट लघुवित्त बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २५.२८५४ प्रतिशत दरका ९ लाख ९७ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

३. जनउत्थान सामुदायिक लघुवित्त
नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको  २५ प्रतिशत दरका २ लाख ९५ हजार ८१२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

४. ञ्चुरी कमर्सियल बैंक
नेप्सेमा ञ्चुरी कमर्सियल बैंकको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीको २२ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक १०।५० प्रतिशत ब्याजदर भएको सेञ्चुरी डिबेञ्चर २०८८ नामक ऋणपत्र सूचीकृत गराएको हो ।

५. जीबन विकास लघुवित्त
नेप्सेमा जीबन विकास लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले  खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले गत चैत २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया