काठमाडौं - डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेसट बैंकिङ नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।
यस सुविधामार्फत बैंकका ग्राहकले नेपाल टेलिकमको डाटा प्रयोग गरी एनआईसी एशिया मोबैंक एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेसट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न सक्नेछन्। यसका साथै बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि ९एनआईसी एशिया मोबैंक० एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेसट बैंकिङजस्ता सुविधा निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ ।
अब एनटीसी र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकले निम्नलिखित सेवाहरु उपभोग गर्न सक्नेछन् :
बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरु मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न सफल यस बैंकले ग्राहक महानुभावहरुको सुविधा एवं डिजिटल बैंकिङमा ग्राहक महानुभावहरुलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क एनआईसी एशिया मोबैंक, वेबसाइट, आईसर्भ तथा इन्टरनेसट बैंकिङ प्रयोग सुविधा एनटीसी र एनसेलका ग्राहकलाई उपलब्ध हुनेछ ।
यसका साथै, यी उल्लेखित बाहेकका अन्य सेवाहरु लिँदा वा डिभाइसको ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरुको हकमा दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ ।
बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङको प्रबद्र्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरु उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई आईसर्भमार्फत अघि बढाइरहेको छ ।
यसका साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरु डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले आईसर्भ प्लाटफर्मको विकास गरी एनआईसी एशिया मोबैंक तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरु अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरु, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू।३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैठौं ठूलो योगदान रहेको छ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरु स्थापना गरेको छ।
प्रतिक्रिया