काठमाडौं - जापानले नेपाली कामदारको माग गरेको छ । जापानको टोक्यो सहरमा रहेको asia creation cooperation कम्पनीले २ जना पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब एक लाख ७० हजार बढि पाउनेछन् । खान बस्नेतको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ । इच्छुक कामदारले मञ्जुश्री ओभरसिज सर्भिस प्रालिको कार्यालय बालुवाटार काठमाडौंमा आसार २४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ ।हवाई टिकट, भिसा शुल्क निशुल्क हुने छ । यस्तै विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया