हिमालयन हाइड्रोपावरको आईपीओमा कति पर्‍यो आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि निष्काशन गरेको शेयरमा करिब १० लाखको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार पौने २ बजेसम्ममा ९ लाख ८९ हजार ६३८ आवेदकबाट एक अर्ब १३ करोड ७७ लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ७७ हजार ३७० कित्ता शेयर माग भएको हो ।

कम्पनीले असार १५ गतेदेखि प्रतिशेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । 

सर्वसाधारणले बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले असार १९ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया