काठमाडौं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले विद्यमान संस्थापक सेयरधनीहरुलाई शतप्रतिशत पुँजी थप गर्न आग्रह गरेको छ ।
कम्पनीको जेठ २५ गते सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले हाल कायम रहेको संस्थापक सेयरधनीहरूबाट १ बराबर १ अनुपातका दरले थप लगानी गर्ने निर्णय गरेको थियो । सोही अनुसार कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुलाई आफ्नो नाममा रहेको सेयर बराबरको थप रकम लगानी गर्न भनेको हो ।
कम्पनीले संस्थापक सेयरधनीहरुले ग्लोबल आइएमई बैंक, कान्तिपथ, कुमारी बैंक, पुतलीसडक, सिद्धार्थ बैंक न्यूरोड र नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटीमा रहेको बैंक खातामा रकम जम्मा गर्नसक्ने जनाएका छन्
इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुलाई भदौ ६ गते सम्म कम्पनीको बैंक खातामा रकम जम्मा गर्न अनुरोध गरेको हो ।
बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तभित्र पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिइसकेको छ । सोही बमोजिम रिलायबल लाइफले मर्जरमा नगई ५ अर्ब चुक्ता पुँजी पुर्याउने तयारी अगाडि बढाएको हो ।
गत जेठ २५ गते बसेको कम्पनीको साधारण सभामा कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित भएको थियो । सोही बमोजिम रिलायबलले संस्थापक सेयरधनीमार्फत १ बराबर १ को अनुपातमा रकम सङ्कलन थप्न संस्थापकहरुलाई आग्रह गरेको हो ।
प्रतिक्रिया