काठमाडौं- गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ ।
कम्पनीले सर्लाही जिल्ला, लालबन्दी नगरपालिका वडा न.०१ बसोबास गर्ने बीमित स्व.चन लाल मोक्तानको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको हो ।
कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले उनको इच्छाइएको व्यक्ति श्रीमती सितामाया मोक्तानलाई १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । स्व।चन लाल मोक्तानको क्यान्सर रोगबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया