काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले मुलुकमा अब गणतन्त्र नै नरहने सनसनीपूर्ण खुलासा गरेका छन् ।
सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा कुरा गर्दै सिंहले यस्तो खुलासा गरेका हुन् । उनले सरकार गठन भएको एक वर्ष पुग्दापनि जनताले कुनै राहतको महशुस गर्न नपाएको आरोप लगाए ।उनले भने,”अराजकता, कुशासन, भ्रष्टाचार, बलात्कार, हत्या, हिंसाको बीचमा आउने नै सैनिक शासन हो ।यो त राजनीतिको साधारण सिद्धान्त हो ।”
सेनाले त्यो किसिमको साहस अथवा हिम्मत गर्न सक्ला र रु भन्ने प्रश्नमा सिंहले भने,”होईन साहस त नेपाली जनताले दिन्छन् नि । अन्तर्राष्टिय समूदायले दिन्छ नि ।”
वाइवडी प्रकरण :
सिंहले वाइवडी खरिद प्रकरणमा प्रधानमन्त्री ओलीको सङ्लग्नता भएको दावी गरेको छन् । वाइवडी प्रकरणमा धेरै प्रश्न उठेको भन्दै उनले भने यतिधेरै संसद,लेखासमिती र सच्चारमाध्यमा प्रश्न उठ्दा प्रधानमन्त्री के हेरेर बस्नु भएको छ ? भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरेका छन् ।
प्रतिक्रिया