अब बीमा कम्पनीहरुले सम्पुर्ण पुनर्बीमा स्वदेशी कम्पनीमै गर्न सक्ने

३ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले बीमा कम्पनीहरुलाई आफ्नो सत प्रतिशत जोखिम स्वदेशी पुनर्बीमा कम्पनीमै गर्न चाहेमा पाउने व्यवस्था गरिदिएको छ । 

बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै भनेको छ, ‘बीमकले पुनर्बीमकलाई प्रदान गरेको प्रत्यक्ष हिस्सा पश्चात बाँकी रहेको हिस्साको शतप्रतिशतसम्म पुनर्बीमा नेपाली पुनर्बीमकलाई दिन सक्ने छ ।’

समितिले पुनर्बीमकलाई बीमकबाट प्राप्त नेपाल सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा पुनर्बीमकले कुनै पनि अवस्थामा अस्वीकार गर्न नपाउने व्यवस्था गरिदिएको छ । 

अव पुनर्बीमा कम्पनीहरुले जीवन बीमा कम्पनीको जुनसुकै जोखिमको २० प्रतिशत आफैले बहन गर्नु पर्ने भएको छ । आफुले नचाहेको अथाव बढी जोखिम भनि अस्वीकार गर्न नपाउने भएका छन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया