काठमाडौं-साताको अन्तिम कारोबारको दिन (शुक्रबार) शेयरबजार गिरावट आएको छ ।
अघिल्लो दिन अर्थात अघिल्लो कारोबार दिन अर्थात बिहीबार ७४.९३ अंकले बढेर २०३७.६४ को बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज फेरी ८.८७ अंकले घट्न पुगेको छ ।
आज आधिखोला लघुवित्त र सिवाइसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, नेपाल फाइनान्सको ७.७० प्रतिशत, मैलुङ खोलाको ६.१७ प्रतिशत, किसान लुघवित्तको ४.८१ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ४.७५ प्रतिशतले शेयरमूल्य बढेको छ ।
प्रतिक्रिया