हिजो करिब ७५ अंकले बढेको शेयर बजारमा आज गिरावट, २ घण्टामै करिब डेढ अर्बको कारोबार

३ बर्ष अगाडि

काठमाडौं-साताको अन्तिम कारोबारको दिन (शुक्रबार) शेयरबजार गिरावट आएको छ । 

अघिल्लो दिन अर्थात अघिल्लो कारोबार दिन अर्थात बिहीबार ७४.९३ अंकले बढेर २०३७.६४ को बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज फेरी ८.८७ अंकले घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको छ । 

आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ७.७० प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

यता स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयरमूल्य सबैभन्दा धेरै ४.७७ प्रतिशतले घटेको छ भने युनाइटेड इन्स्योरेन्सको ४.०३ प्रतिशत, लक्ष्मी लघुवित्तको ३.७० प्रतिशत र जनरल इन्स्योरेन्सको ३.४२ प्रतिशतले घटेको छ।

बुधबार शिवम् सिमेन्टस्को सबैभन्दा धेरै ५ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २२ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ९० लाख, हिमालयन डिस्टिलरीको ४ करोड ६० लाख र एनआइसि एशिया बैंकको ४ करोड ५१ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका १३ उपसमूहमा फाइनान्स, माइक्रोफाइनान्स र ब्यापार उपसमूहको सूचक सकारात्मक देखिएका छन भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया