काठमाडौं-साताको अन्तिम कारोबारको दिन (शुक्रबार) शेयरबजार गिरावट आएको छ ।
अघिल्लो दिन अर्थात अघिल्लो कारोबार दिन अर्थात बिहीबार ७४.९३ अंकले बढेर २०३७.६४ को बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज फेरी ८.८७ अंकले घट्न पुगेको छ ।
नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ५ करोड ५७ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।
त्यस्तै, एशियन लाइफको ५ करोड २२ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ९० लाख, हिमालयन डिस्टिलरीको ४ करोड ६२ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया