नेपाल फाइनान्स बिक्री नभएको १४ लाख ३९ हजार बढि कित्ता हकप्रद बिक्रीमा

३ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले आज असार १७ गतेदेखि कुल १४ लाख ३९ हजार ४१२.२७५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म ७० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिशेयर १०० अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

कुल शेयरमध्ये संस्थापक तर्फको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता रहेको छ भने सर्वसाधारणतर्फको ३ लाख २ हजार ६९६.०८८ कित्ता रहेको छ । असार २४ गतेसम्म गोप्यशिलबन्दी बोलपत्र पेश गर्न सकिने उल्लेखित शेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था छ । यस शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया