दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने

३ बर्ष अगाडि

काठमाडौं - दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने भएको छ । आगामी वर्षको न्यूनतम एक घन्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९,६२० वोन (७.४१ अमेरिकी डलर) निर्धारण गर्ने निर्णय भएको छ ।

सेजोङस्थित सरकारी कम्प्लेक्समा बुधबार राति बसेको पूर्ण बैठकमा श्रम व्यवसायी र सर्वसाधारणबाट नौरनौ सदस्य रहेको न्यूनतम ज्याला निर्धारण समितिले निर्णय गर्दै आगामी वर्षका लागि श्रमिकको ज्याला ५ प्रतिशतले वृद्धि गर्ने भएको हो । 

यससँगै २०२३ जनवरीदेखि श्रमिकले मासिक तलब २० लाख १० हजार ५८० वोन पाउने भएका छन् । यो कोरियाका सबै उद्योगहरूमा समान रूपमा लागू हुनेछ ।

वार्ताको क्रममा, श्रमिकका पक्षधरले यस वर्षको ९,१६० वोनबाट उल्लेखनीय वृद्धि गर्न आह्वान गरेको थियो । श्रमिक पक्षधरले अघिल्लो मुन जे-इन प्रशासनले घोषणा गरेको न्यूनतम घन्टाको ज्याला १० हजार वनमा पु¥याउने वाचा पूरा गर्न माग गरेको थियो ।

नयाँ ज्याला १ जनवरी २०२३ देखि लागू हुनेछ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया