नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने भएका छन्।
बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति मागेको हो ।
यसैगरी सेबोनले अनुमति दिएमा नेपाल बैंकले १ हजार अंकित दरका कुल २५ लाख इकाइ भएको ‘नेपाल बैंक डिबेन्चर–२०८४’ नाम ऋणपत्र बिक्री गर्नेछ। कुल इकाइमध्ये बैंकले व्यक्तिगत तबरबाट १५ लाख इकाइ बिक्री गर्नेछ भने सर्वसाधारणका लागि १० लाख इकाइ निष्कासन गर्नेछ।
यो पाँचवर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताहरुले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन्।
बैंकको यो ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
प्रतिक्रिया