काठमाडौं-साताको पाँचौ कारोबारको दिन(बिहीबार) शेयर बजारमा हरियाली छाएको छ ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ४१.३९ अंक बढेर १९६२.७१ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक करिब ७५ अंकले बढेको छ ।
आज नेप्से परिसुचक ७४.९३ अंकले बढेर २०३७.६४ को बिन्दुमा पुगेको छ । आज नेप्से ३.८२ प्रतिशतले बढेको हो ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ ।
शेयरबजार बढेसँगै आज कारोबार समेत बढ्न पुगेको छ । २ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको ९ करोड ९५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
बढेको शेयर बजारमा ५ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स,मैलुङ खोला र न्यादी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै,आँधीखोला लघुवित्त,सिवाईसी लघुवित्त र सुर्यादय वामी लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३१ प्रतिशत बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।
प्रतिक्रिया