बढेको बजारमा शिवम् सिमेन्ट्ससहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पाँचौ कारोबारको दिन(बिहीबार शेयर बजारमा हरियाली छाएको छ ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४१.३९ अंक बढेर १९६२.७१ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक करिब ७५ अंकले बढेको छ ।

आज नेप्से परिसुचक ७४.९३ अंकले बढेर २०३७.६४ को बिन्दुमा पुगेको छ । आज नेप्से ३.८२ प्रतिशतले बढेको हो ।

नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजार बढेसँगै आज कारोबार समेत बढ्न पुगेको छ । २ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको ९ करोड ९५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख, एशियन लाइफको ५ करोड ९९ लाख, अरुण काबेली पावरको ५ करोड ८३ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५ करोड ६९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया