आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए, ५ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट

३ बर्ष अगाडि

काठमाडौं- साताको पाँचौ कारोबारको दिन(बिहीबार शेयर बजारमा हरियाली छाएको छ ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४१.३९ अंक बढेर १९६२.७१ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक करिब ७५ अंकले बढेको छ ।

आज नेप्से परिसुचक ७४.९३ अंकले बढेर २०३७.६४ को बिन्दुमा पुगेको छ । आज नेप्से ३.८२ प्रतिशतले बढेको हो ।

बढेको शेयर बजारमा ५ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स,मैलुङ खोला र न्यादी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै,आँधीखोला लघुवित्त,सिवाईसी लघुवित्त र सुर्यादय वामी लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया