सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकत भएको छ ।
कम्पनीको २२ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको सेञ्चुरी डिबेञ्चर २०८८ नामक ऋणपत्र सूचीकृत गराएको हो ।
बिहीवार नेप्से र कम्पनीका प्रतिनिधि बीच धितोपत्र सूचीकरण सम्झौता भएको हो । अव कम्पनीको ऋणपत्र शुक्रवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया