काठमाडौं - आज चार कम्पनीको लिलामीमा रहेको १७ लाख १६ हजार ४०१ कित्ता संस्थापक सेयर खरीद गर्ने अन्तिम दिन रहेको छ ।सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ काठमाण्डू, एनआईसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक सेयर लिलामीमा ल्याएका हुन् ।
जसमध्ये सिटिजन्स बैंकको २ लाख ६६ हजार ९९९ कित्ता संस्थापक रहेको छ । यस्तै बैंक अफ काठमाण्डूको १ लाख ३१ हजार ५३१ कित्ता संस्थापक रहेको छ । यसैगरी एनआईसी एशिया बैंकले ७ लाख १९ हजार ९५० कित्ता संस्थापक र नेपाल लाइफले ५ लाख ९७ हजार ९२१ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको थियो ।
चारवटै कम्पनीको संस्थापक सेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संस्थाले आज ९असार १६ गते० कार्यालय समयभित्र बिक्री प्रबन्धक वा तोकिएको संकलन केन्द्र मार्फत उक्त लिलामी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया