काठमाडौं - जनउत्थान सामुदायिक लघुवित्तले चूक्ता पूँजीको २५ प्रतिशत बोनस वितरण गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको २५ प्रतिशतले हुन आउने २ लाख ९५ हजार ८१२ कित्ता बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा नै जम्मा गरिएको जनाएको हो ।
कम्पनीले एघारौं वार्षिक साधारण सभाका लागि सेयरधनी दर्ता किताब बन्द भएको मिति २०७८ पुस २० गतेसम्ममा सेयर डिम्याट गराएका सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा गरिदिएको हो ।
यस्तै कम्पनीले २०७८ पुस २० गते पश्चात डिम्याट गर्ने सेयरधनीहरुको बोनस पनि डिम्याट खातामा नै जम्मा गरिने जनाएको छ । हालसम्म पनि डिम्याट नगरेका सेयरधनीहरुले भने डिम्याट खातामा बोनस सेयर पाउनका लागि अनिवार्य रुपमा आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया