काठमाडौं- साताको पाँचौ कारोबारको दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ४१.३९ अंक बढेर १९६२.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.१५ अंक बढेर १९६६.८६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४६ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा २३ स्टकको ८ लाख ३३ हजार ६८३ रुपैयाँ ५० पैसा बराबरको २ हजार २४४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ वटा स्टकको मूल्य बढेको छ भने २ वटा स्टकको घटेको छ।
प्रतिक्रिया