आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव आइरहेकोले गहन अध्ययन, विश्लेषण र मुल्याङ्कन गर्न जरुरी अर्थमन्त्री

३ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माल आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव आइरहेको त्यसको गहन अध्ययन ,विश्लेषण र मुल्याङ्कन गर्न जरुरी देखिएको बताएका छन् । अर्थमन्त्री शर्माले बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा यस्तो बताएका हुन् ।

यसैगरी,अर्थमन्त्री शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको पनि बताएका छन् । उनले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटी भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताए । अर्थमन्त्री शर्माले लेखापरीक्षण गर्ने सरकारको विधि,पद्धतीमा त्रुटी भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको बताए ।

अर्थमन्त्री शर्माले लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरुमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवद्र्धन गर्न महालेखा परिक्षकको महत्वपूर्ण भूमिका रहेको पनि बताए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया