काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सवा १ लाख बढी कित्ता सेयर आजबाट लिलामी प्रक्रियामार्फत बिक्री गरिने भएको छ । संस्थाको १ लाख २८ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गरिने भएको हो ।
यो सेयरमा विद्यमान संस्थापकसँगै इच्छुक योग्य अन्य जोकोही व्यक्ति तथा संगठित संस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ । बोलपत्र असार २३ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ ।
प्रतिक्रिया