पूँजी बजारको सुधारका लागि उच्चस्तरीय समितिलाई लगानीकर्ता सँगठनका प्रतिनिधिहरुले दिए १८ बुँदे सुझाव

३ बर्ष अगाडि

काठमाडौं - पूँजी बजारको सुधारको लागि बनेको उच्चस्तरीय समितिले लगानीकर्ता सँगठनका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेको छ । समितिले बोलाएपछि लगानीकर्ताका तीन संगठनले संयुक्त रुपमा १८ बुँदे सुझाव दिएका छन् ।

उच्चस्तरीय समितिले लगानीकर्ताहरुलाई छलफलमा बोलाएको र लगानीकर्ता संगठनहरुले संयुक्त रुपमा १८ बुँदे सुझाव दिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मेरो लगानीलाई बताए ।

अर्थमन्त्रालयले पूँजी बजारको सुधारको लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्ड बोर्डको प्रतिनिधि रहने गरी बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा उच्चस्तरीय सुझाव समिति गठन गरेको थियो ।

सोही समितिले लगानीकर्तालाई बोलाएपछि संयोजक विनयदेव आचार्यसहितलाई भेटेर इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिले संयुक्त रुपमा १८बुँदे सुझाव दिएका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया