सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटस्थित होटेल हिमालयन भिल्ला प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यो समझदारीपश्चात सिटिजन्स बैंकका कार्डवाहकले होटेल हिमालयन भिल्लाका विभिन्न सेवासुविधाहरुमा ५० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ। त्यसैगरी आफ्ना कार्डवाहकको सुविधालाई ध्यानमा राखी नेपालभित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न बचत खातामा गरेको छ
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७६ वटा शाखा, १२८ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
प्रतिक्रिया