नबिल दिगो बैंकिङको वार्षिकोत्सवमा ‘नबिल ग्रीन विक’ मनाइँदै

३ बर्ष अगाडि

काठमाडौं- ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशीलता प्रवर्द्धन एवं नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले आज एक वर्ष पूरा गरेको छ। 

उक्त एक वर्षमा नबिल बैंकमात्र नभएर सिंगै नेपाली बैंकिङ जगतमा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलका रुपमा स्थापित भएको बैंकको ठहर रहेको छ। 

आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमा लगानी गर्नेदेखि लिएर सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको नबिलले हालसम्म नेपालको विभिन्न भूभागमा तथा वित्तीय क्षेत्र उल्लेखनीय सफलताहरु हात पारेको बैंकले जनाएको छ। बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै दुई किसिमका नवीन कर्जाः ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ। 

यसैगरी ‘नबिल दिगो बैंकिङ’का उद्देश्यमध्ये वातावरण र सामाजिक सरोकार र सम्बर्द्धन एक अत्यन्तै महत्वका साथ अगाडि बढाइरहेको उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ। तसर्थ, बैंकले व्यावसायिक संस्थाहरुलाई कर्जा प्रदान गर्ने बखत वातावरणीय र सामाजिक जोखिमहरुलाई ध्यानमा राखी ‘ईएसआरएम’ गाइडलाइनहरुअन्तर्गत मात्र कर्जा प्रदान गर्ने व्यवस्था रहेको छ। 
न्ट्रप्रेनरसिपको स्थापना गरिएको हो। नबिल स्कुल अफ सोसल अन्ट्रप्रेनरसिपको स्थापना गरेको छ। 

यसैगरी संस्थाभित्रैबाट दिगो अभ्यासहरुलाई आन्तरिकीकरण गर्दै नबिल बैंक दिगो भविष्यतर्फ अगाडि बढ्न बैंकले असार १५ बाट ‘नबिल स्टाफका लागि दिगो अभ्यासहरु’ योजना पनि ल्याएको कम्पनीले उल्लेख गरेको छ। यस योजनाअन्तर्गत दिगो बैंकिङ गतिविधिहरुप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सशक्त बनाउन नबिल बैंकले आफ्ना सबै कर्मचारीको व्यक्तिगत र व्यावसायिक जीवनमा समावेश गर्न सकिने किसिमका केही दिगो अभ्यास अपनाएको बैंकले जनाएको छ। 

स्थानीय बजारमा कृषि प्राविधिकहरुलाई कृषि उद्यमीका रुपमा स्थापित गर्नका लागि ‘कृषि दूत’ ९कृषि दूत० विकास गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक कृषि प्राविधिकहरुलाई कृषि ऋणको प्रावधान पनि बैंकले प्रारम्भ गरेको जनाएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया