काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा हयिाली छाएको छ ।
आईताबार करिब ९५ अंकले बढेको शेयर बजार सोमबार र मंगलबार ओरालो लागेर आज बुधबार फेरि बढेको छ । आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ४१.३९ अंकले बढेर १९६२.७१ को बिन्दुमा पुगेको हो ।
आज शेयरबजारमा ४३ लाख ८६ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४३ करोड रुपैयाँ माथिको कारोबार भएको छ । शेयरबजार बढेसँगै कारोबारमा पनि केही सुधार देखिएको छ ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको शेयर यस दिन १० प्रतिशत बढेको हो। हकप्रद निष्काशन गर्न बोर्डबाट अनुमति पाएको बरुण हाइड्रोपावरको शेयरमूल्य यस दिन ९.४५ प्रतिशत बढेको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन भेन्चर्स, नेपाल पुनर्बीमा कम्पनी र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन १२ स्टकको मात्र मूल्य घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावरको शीर्ष स्थानमा रहेको छ। सो स्टकको यस दिन ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.५६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।
प्रतिक्रिया