काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा हयिाली छाएको छ ।
आईताबार करिब ९५ अंकले बढेको शेयर बजार सोमबार र मंगलबार ओरालो लागेर आज बुधबार फेरि बढेको छ । आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ४१.३९ अंकले बढेर १९६२.७१ को बिन्दुमा पुगेको हो ।
आज शेयरबजारमा ४३ लाख ८६ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४३ करोड रुपैयाँ माथिको कारोबार भएको छ । शेयरबजार बढेसँगै कारोबारमा पनि केही सुधार देखिएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक ङादी ग्रुप पावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ४२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७० लाख, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ३६ लाख र हिमालयन डिस्टिलरीको ४ करोड ५५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया