नेप्सेद्धारा पुन: बुक बिल्डिङ्गको बोलकबोल दर्ता गर्न आग्रह

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता हुन आउन अनुरोध गरेको छ ।

नेप्सेले एक सूचना जारी गर्दै बुक बिल्डिङ्गमार्फत आइपीओको निष्काशन गर्न सम्बन्तिधत संस्थागत लगानीकर्ताहरुलाई बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन गर्न नेप्सेमा दर्ता गर्न आग्रह गरेको हो ।

नेप्सेले असार २ गते सार्वजनिक सूचना प्रकाशित गर्दै १० दिनभित्र नेप्सेमा दर्ता हुन आउनको लागि आग्रह गरेकोमा असार १४ गते दोस्रो पटक सूचना प्रकाशित गर्दै दर्ता गर्न आग्रह गरेको हो ।

हालसम्म सेबोनले एक सय संस्थालाई योग्य संस्थागत लगानीकर्ताको अनुमति दिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया