महुली लघुवित्तले एफपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकका लागि कोटेसन आह्वान

३ बर्ष अगाडि

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणहरुलाई छुट्याइएको कुल शेयरमध्ये बाँकी ४ लाख १६ हजार १४७ कित्ता शेयर थप सार्वजिनक निष्कासन (एफपीओ) गर्न बिक्री प्रबन्धक नियुक्त गर्नुपर्ने भएकोले अनुभवी निष्कासन तथा बिक्री प्रबन्धक (मर्चेन्ट बैंकर कम्पनी)हरुका लागि सूचना प्रकाशित गरेको छ ।

कम्पनीले एफपीओ निष्कासनका लागि बिक्री प्रबन्धकका लागि कोटेसन आह्वान गरेको हो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको कार्य गर्न लघुवित्तले आज एक सूचना प्रकाशित गर्दै कोटेसन आह्वान गरेको हो ।

महुली लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्न इच्छुक मर्चेन्ट बैंकर कम्पनीहरुले १५ दिनभित्र दर रेट पेश गर्न सक्नेछन् ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया