गभर्नरसहित वाणिज्य बैंकका सीइओहरु शुक्रबार पोखरा जाने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले असार १७ गते (शुक्रबार) वाणिज्य बैंकका सीइओहरुलाई पोखरा बोलाएको छ । राष्ट्रबैंकले नेपाल बैंकर्स एसोसिएसनमार्फत सबै सीईओहरुलाई पोखरा बोलाएको हो । 

मौद्रिक नीतिको बिषयमा छलफल गर्ने तथा नेपालको आफ्नै डिजीटल करेन्सी बनाउने लगायतका विषयमा छलफल गर्ने उद्धेश्यसहित राष्ट्र बैंकले यस्तो योजना बनाएको हो । 

नेपाल बैंकर्स एसोसिएसनको व्यवस्थापनमा राष्ट्र बैंकले थालेको नेपालको आफ्नै डिजिटल करेन्सीको विषयमा प्रस्तुतिकरण र छलफल हुनेछ । छलफलसँगै सबै सीईओहरुलाई रिफ्रेस गराउने योजना रहेको छ ।

राष्ट्रबैंकका एक अधिकारीका अनुसार पोखरामा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा समेत छलफल हुनेछ । 

सो कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारी, डेपुटी गर्भनरहरु बमबहादुर मिश्र, निलम ढुंगाना तिम्सिना र अधिकाशं कार्यकारी निर्देशकलगायत राष्ट्र बैंकका उच्च अधिकारीहरुको सहभागिता रहनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया