नबिल बैंकको २८ हजार ५८९ कित्ता संस्थापक शेयर बिक्रीमा,कसले कसले दिन मिल्ने आवेदन ?

३ बर्ष अगाडि

नबिल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । 

कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको २८ हजार ५८९ कित्ता शेयर बिक्री गर्ने भएको हो । कम्पनीले यसअघि जेठ ५ गते संस्थापक शेयरधनीहरका लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो ।

सो अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेकोले कम्पनीले अन्य ब्यक्ति तथा संघ संस्थाको लागि बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने जो कोही व्यक्ति तथा संघसंस्थाले ७ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कार्यालय नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड, नक्साल नारायणचौरमा आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया