साताको चौथो कारोबारको दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११.८२ अंक घटेर १९२१.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.६० अंक बढेर १९२४.९१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४० अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ११ स्टकको १ लाख ४ हजार २७३ रुपैयाँ बराबरको १०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ ।
प्रतिक्रिया