काठमाडौं - कर्मचारी संचय कोषले साउन १ गतेदेखि लागू हुने गरी ब्याज दर बढाएको छ । संचयकर्ता र निवृतिभरण कोषमा वार्षिक ७ प्रतिशतका दरले ब्याज दिंदै आएकोमा ८ प्रतिशत पुर्याएको हो ।
साथै विशेष सापटीमा ९.१० प्रतिशत ब्याज लिने भएको छ। यसैगरी घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशतका दरले ब्याज दर कायम गरेको छ ।
जग्गा खरिद सापटी र सरल कर्जामा १०.२५ प्रतिशत ब्याज दर कायम गरिएको छ। धितोमा आधारित कर्जाको हकमा त्रैमासिकरुपमा नियमित कर्जा तिर्ने संचयकर्तालाई ब्याजदरमा ०।२५प्रतिशतको दरले छुट दिइने घोषणा समेत संचय कोषले गरेको छ ।

प्रतिक्रिया