सेञ्चुरी बैंकको १८ लाख कित्ता बढी संस्थापक सेयरमा आजसम्म मात्र बोलपत्र पेस गर्ने सकिने

३ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लिलामीमा राखिएको १८ लाख कित्ता बढी संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ । 

बैंकले गत असार ८ गतेदेखि संस्थापक समूहको १८ लाख १२ हजार ८९ कित्ता सेयर बिक्रीमा राखेको थियो । यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिने छ । 

यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै अन्य इच्छुक योग्य व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी १० ले भाग जाने गरी खरिद आवेदन दिनुपर्नेछ । 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया