लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, भाउ कति ?

३ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि यो कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३७६.२६ रुपैयाँ कायम गरेको छ । यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ४१२ रुपैयाँ थियो । 

अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आज असार १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

यसको अर्थ हिजो असार १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया