नेपाली रुपैयाँ हालसम्मकै कमजोर, १ डलर खरिद गर्न १२६ रुपैयाँ बढी तिर्नु पर्ने

३ बर्ष अगाडि

काठमाडौं - अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ । 

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्री दर १२.।३४ रुपैयाँ पुगेको छ । अर्थात अब १ डलर खरिद गर्न १२६ रुपैयाँ भन्दा बढी तिर्नु पर्ने हुन्छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै अमेरिकी डलरको बलियो बन्दै गइरहेको छ । रुस–युक्रेन युद्धका कारण अमेरिकी डलरको माग उच्च हुँदा यसको भाउ पनि बढ्दै गएको हो । 

यसअघि अमेरिकी डलरको बिक्रीदर १२५.६६ रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च थियो । यो उच्च दरबाट घटेर स्थिर बनेको डलरको भाउले पुनः नयाँ रेकर्ड बनाएको हो । 

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया