पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

७ बर्ष अगाडि

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

‘समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियिमतता गरेको’  ठहर गर्दै अख्तियारले परिषदका तत्कालीन अध्यक्षसमेत रहेका न्यौपानेसहित तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जक्ष् बिहारी प्रसाद चौधरी, सदस्य हरि न्यौपाने, मोहनराज शर्मा, मदन कुमार लाल कर्ण, सदस्य–सचिव रविन्द्र कुमारलगायत १४ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 


उनीहरु विरुद्ध  एकतीस करोड वाउन्न लाख सत्र हजार छ सय पचहत्तर रुपैया विस पैसा बिगो माग गरिएको छ । 

 

७ बर्ष अगाडि

प्रतिक्रिया