११ महिना सम्ममा जीवन बीमा कम्पनीहरुद्धारा १ खर्ब १९ अर्ब ४७ करोड बीमाशुल्क आर्जन

३ बर्ष अगाडि

काठमाडौं - जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्ममा १ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । 

यसअवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा ३० अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जसको सक्रिय बीमालेखको संख्या भने ८ लाख ६१ हजार ४८७ वटा रहेका छन् ।

दोस्रोमा एलआईसी ९नेपाल० रहेको छ । कम्पनीले यस अवधिसम्मा लाइफ इन्स्योरेन्स कर्पोरेसनले १४ अर्ब ७९ करोड बीमाशुल्क आर्जन गरेको छ । यस्तै तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । 

यस कम्पनीले ११ महिनामा १२ अर्ब ७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया