काठमाडौं- नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड ३ जेठ मसान्तसम्म रु. १९ करोड १ लाखभन्दा बढी नोक्सानी रहेको छ ।
फण्डले सार्वजनिक गरेको जेठ मसान्तसम्मको वित्तीय विवरण अनुसार फण्डको नोक्सानी वैशाख महीनाको तुलनामा जेठमा बढेको छ । यस्तो नोक्सानी वैशाख मसान्तसम्म रु. ९ करोड ५६ लाख रहेको थियो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७८ साल असोज ७ गतेदेखि सञ्चालनमा रहेको छ । योजनाले १२ करोड ५० लाख इकाइ जारी गरेको छ । वैशाख मसान्तसम्म रु.९.२३ रहेको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) जेठ महीनामा घटेर रु.८.४८ कायम भएको छ ।
योजनाको धितोपत्र तथा बैंक मुद्दती निक्षेपमा रहेको कुल लगानी रकम रु. ८३ करोड २ लाखभन्दा बढी छ ।
योजनाले सूचीकृत शेयरमा गरेको लगानीको बजार मूल्य रु. ६० करोड २५ लाखभन्दा बढी र ऋणपत्रमा गरेको लगानीको बजारमूल्य रु. ४ करोड २४ लाखभन्दा बढी रहेको छ । बैंक मुद्दती निक्षेपमा भने योजनाको लगानी रु.१८ करोड ४५ लाखभन्दा बढी छ ।
प्रतिक्रिया