नेपाल लाइफद्धारा १३ लाख मृत्यु दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ ।

बैदेशिक रोजगारको शिलशिलामा त्रियुगा नगरपालिका वडा नं.११ घर भएका स्व.अमृत कटुवालको कतारमा मृत्यु भएकोमा निजले गरेको रु १० लाखको बैदेशिक रोजगार बिमा बापतको उक्त दाबी भुक्तानी रकम रु १३ लाख निजको आमा पदम कुमारी कटुवाललाई कम्पनीको गाईघाट शाखाका शाखा प्रवन्धक कमल कटुवालले चेक हस्तान्तरण गरेका हुन् । 

उक्त अवसरमा नेपाल लाईफ इन्स्योरेन्स गाईघाट शाखाका शाखा प्रवन्धक कमल कटुवालले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया