पछिल्लो २४ घण्टामा ४४ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २२९ र निको हुने कति ?

३ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७९८ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १७ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६७ हजार ४२६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५२ जनाको ज्यान गुमाइसकेका छन् । 

नेपालमा अहिले २२९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

बितेको २४ घण्टाका १ लाख ३६ हजार ९९६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया