आज पनि ओरालो लाग्यो नेप्से, कारोबार रकम १ अर्बमा सिमित

३ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार पनि शेयर बजार ओरालो लागेको छ ।

आइतबार करिब ९५ अंकले बढेको शेयर बजार हिजो र आज फेरि ओरालो लागेको हो । आज कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ११.८२ अंकले घटेर १९२१.३१ को बिन्दुमा झरेको छ । 

नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच हुँदा  १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुदाँ एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ७ करोड ३१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

नेप्से ओरालो लागेपनि यस दिन सिवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ७९ रुपैयाँ २० पैसा बढेर ८७१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य ७.७४ प्रतिशत बढेको छ।यस दिन लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ५.७३ प्रतिशत घटेको छ। त्यसैगरी, जनरल इन्स्योरेन्स, युनाइटेड इदी मार्दी, सिंगटी हाइड्रो लगायतका स्टकहरुको मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन दुई उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको घटेको छ। यस दिन बैंकिङ्ग र जीवन बीमा उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया